शुक्रबार, २२ भदौ २०८०, दोलखा।
आजभोलि तिमी
कतै आफ्नो भविष्यको गहिरो चिन्तनमा
लागेकी छौ,।
एक्लोपन र परिबन्धहरुमा रूमालिएकी छौ।
हाँस्न बिर्सेिएर निराशामा
आशाको किरणहरू बाल्न खोज्दै छौ।
धैर्यताहरूलाई पनि सवाल गर्दै छौ।
के थाहा भविष्य
तर पनि गहिरो चिन्तनमा छौ।
कुनै उपलब्धि हात परेको छैन।
दुखहरुले साथ छोडेको छैन।
रातको सुनसान कोलाहल संगै वर्तमान चुनौती र समस्यासँग गुनासो पोख्दै छौ।
अब त तिमी पनि जीवनको हारहरु देखि अघि बढ्न
डराउदै छौ।


कविता राउत
मेलुङ गाँउपालिका वडा नं. १, पवटी