शुक्रबार, २९ भदौ २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिए।
५९ औं वालदिवसका अवसरमा शुक्रबार शुभकामना शन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले नेपालको संविधान, बालबालिका सम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्थाहरू कार्यान्वयन गर्नरगराउन योजना तथा कार्यक्रम तर्जुमा गरी बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्धन, सम्मान, प्रवर्धन र परिषूर्ति गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
दााहालले विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र सम्वर्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवार सहयोग तथा सहयोग प्रायोजन गरी बालबालिकालाई सम्बन्धित परिवार तथा पारिवारिक हेरचाहमा हुर्कन सक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको बताएका थिए।
प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको पनि बताउनु भएको छ। प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारहरूको संरक्षण र संवर्धन गर्न गराउन नेपाल सरका र प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकाय र सम्बन्धित स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न पनि अपील गरेका छन्।
