आइतबार, ०७ असोज २०८०, दोलखा। प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन्।
स्वर्ण युगको झल्को दिने गरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सुन तस्करी प्रकरण चलाउनेहरु आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गरे।
चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीले बताए। ओलीले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनै पर्ने बताए।
अध्यक्ष ओलीले देशको मूल्यमा कुनै पनि व्यक्तिको स्वार्थ पूरा गर्न नसकिने पनि बताका छन्।
