आइतबार, १४ असोज २०८०, दोलखा। पर्वतमा बाढीले गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन्।
पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका हुन्। बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप साँझ करिब साढे छ बजे बाढीले बगाउँदा तीन पुरुष सहित गाडी समेत बेपत्ता भएको प्रहरीले जनाएको छ। चार जना सवार जीपमा चालक भने हामफालेर बाँच्न सफल भएका छन्।
जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए। घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धारकार्य जारी राखेका छन्।
