आइतबार, १४ असोज २०८०, दोलखा। इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको शत प्रतिशत विजयी यात्रामा पूर्णविराम लागेको छ।

सिजनको सातौं खेलमा म्यान्चेस्टर सिटीलाई वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले हराएको हो।

वुल्भ्सलाई विजयी गराउन ह्वाङ हि चानले एक गोल गर्दा म्यान्चेस्टर सिटीका रुबेन डियासले एक आत्माघाति गोल गरेका थिए। पराजित टोली सिटीका लागि जुलियन अल्भारेजले एक गोल गरे।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले लिभरपुललाई २–१ ले हरायो। टोटनह्यामका सन ह्युङ मिनले एक गोल गर्दा लिभरपुलका जोएल माटिपले एक आत्माघाति गोल गरेका थिए। दुई खेलाडी कर्टीस जोन्स र डिएगो योटाले रातो कार्ड खाएपछि ९ जनामा समेटिएको लिभरपुलका लागि कोडी गाक्पोले एक गोल फर्काए।

शनिबार भएको अर्को खेलमा आर्सनलले बर्नमाउथलाई ४–० ले हरायो। आर्सनलका लागि बुकायो साका, मार्टिन ओडेगार्ड, काई हाभटर््ज र बेन ह्वाइटले एक एक गोल गरे। गएराति म्यान्चेस्टर युनाइटेडलाई क्रिष्टल प्यालेसले १–० ले हराउँदा न्युकासल युनाइटेडले बर्न्लेमाथि २–० को जित निकाल्यो।

यसैगरी, एस्टन भिल्लाले ब्राइटनलाई ६–१ ले पराजित गर्दा लुटन टाउनले एभर्टनलाई उसैको मैदानमा २–१ ले पराजित गर्‍यो