मंगलबार, भदौ १८, २०८१, दोलखा। नेपाल प्रहरीको ५ सय ८७ जना प्रहरी निरिक्षकहरुको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले एकै साथै ५ सय ८७ जना प्रहरी निरिक्षकहरुको सरुवा गरेको हो। जसअनुसार दोलखामा दाताराम अधिकारी आउने भएका छन्। यसअघिका प्रहरी निरिक्षक जिवन श्रेष्ठको सरुवा भएपछि रिक्त रहेको स्थानमा वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुर, हेटौंडाबाट दाताराम अधिकारी आउने भएका हुन्। यसैगरी, इलाका प्रहरी कार्यालय जिरीमा प्रहरी प्रधान कार्यालय बिशेष व्युरो विशेष सेक्टरबाट घनेन्द्र हाङ खजुम आउने भएका छन्। प्रहरी निरिक्षक शरण महर्जनको सरुवा भएपछि रिक्त रहेको स्थानमा खजुम आउन लागेका हुन्।

इलाका प्रहरी कार्यालय सिंगटीमा पनि नयाँ प्रहरी निरिक्षक आउनेछन्। प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला तथा बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्साल काठमाडौंबाट महेन्द्र दर्नाल आउने भएका छन्। सिंगटीका प्रहरी निरिक्षक विक्रम लामाको सरुवा भएपछि रिक्त रहेको स्थानमा उनी आउन लागेका हुन्।