
काठमाडौं, वैशाख ४
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१-८२ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
संस्थाको जेठ १ गते बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
साथै वित्तीय विवरणहरू स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने तथा नेपाल राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी आगामी वार्षिक साधारण सभामा पारित/स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको छ
