अन्लाईन बुलेटिन
फाल्गुन २९
काठमाडौ नेपाल
अस्ति राति मात्र सार्वजनिक गरिएको प्रकाश सपुतको “पिर ” नामको गीत विवादमा
नेपाली लोक संगीतको माध्यम बाट करोडौं नेपालिको मनमा बस्न सफल गायक एवम मोडक प्रकाश सपुतके एक पछी आर्को गीत बजारमा लिइ रहनु भएको छ। गलबन्दि ,वोल माया लगायत दर्जनौं बहुचर्चित गीत लिएर आउनु सपुतले यस पालि पनि निकै दम्दार कथा सङै नेपालि सामाजिक यथार्थ वोकेको गीत पिर लिएर आएका हुन ।
गए राति शुक्रबार करिब राति ११ बजे सार्वजनिक गरिएको गीतले करिब करिब ४०/४२ घन्टा नबित्दै २०लाख views संगै trending 1 मा आएको छ।
नेपालि जनयुद्ध र तेस्मा लडेका सिपाइ अनि गणतन्त्र लोकतन्त्र आए पछिको ति कमरेडहरुको अवस्थाको वास्तविकता देखाउदै प्रस्तुत गरिएको गीत अहिले विवाद बनेको छ।
सामाजिक संजालमा पिर गीतको २ पक्षहरु छन एक ले गीतले वास्तविकता देखाएको भन्दै छन भने अर्कोले जनयुद्धका कमरेडको बेइज्जत गरेको र माओवादीलाइ प्रहार गरेको भन्दै गीत युटुब बाट हटाउन र माफि माग्न समेत भनेको देख्न पाइन्छ ।
यधपी यस बारे गायक सपुत भन्ने अहिले सम्म केहि बोल्नु भाको छैन ।
तपाईंलाइ के लाग्छ गीत प्रतिको तपाइको धारण कमेन्ट गर्नु होला।

