सक्छौ भने अराजकता हटाएर देखाऊ,
देशभित्रको भ्रस्त्ताचार्लाई घटाएर देखाऊ।।
एकै दिनमा लाखौ युवा विदेश पलायन हुन्छन
सक्छौ भने देशमै रोजगारी बढाएर देखाऊ।
जब बिदेशियका युवा बाकसमा फर्किन्चन
सक्छौ भने पिडितलाई क्षतिपुर्ति दिलाएर देखाऊ।।
आफ्नो देशको सिमा मिचिदा कसको मन रुन्न र !
सक्छौ भने बिर गोर्खालीहरु खटाएर देखाऊ।
जब सुटुक्क देशका भूभागहरु बेचिनछन्
सक्छौ भने सिमा सुरक्षा बढाएर देखाऊ।
बिदेशका सपना देख्नेहरु ति सबैलाई
देशकै निम्ति गर्छु भन्ने बनायर देखाऊ।
देशले सच्चा देशभक्त खोजिरहेको बेला
सक्छौ भने देशकै निम्ति मर्छु भन्ने बनाएर देखाऊ।।
जब एक अबला नारीमाथि कुद्रिस्तीले हेरिन्छ
सक्छौ भने उनीहरुको साथी बनेर देखाऊ।
थाहा छ त तिमीलाई पनि उ कम्जोर हुन्न भनेर
एकचोटी पुरुषसरह गराएर देखाऊ।।
अनि हेर समाजमा के परिवर्तन हुन्छ भनेर
सत्रुसंगा लड्ने सामर्थ्य जगाएर देखाऊ।
जब देशलाई असुरक्षा महसुस हुन्छ
अनि लाखौ देशभक्त जुटाएर देखाऊ।।
तिमि हौ एक आश सबैको,
सक्छौ भने हैन गर्न सकेर देखाऊ।
हिम्मत नहर तिमि कहिलयै
तिमीलाई साथ दिने हजारौलाई उठाएर देखाऊ।।