प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने सात दलको निष्कर्ष


कृष्ण बुढाथोकी

विहीबार, २१ असार २०८०
दोलखा । सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्रीको अभि व्यक्तिलाई लिएर राजीनामा मागेको बारे छलफल गरिएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिएका थिए ।

‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हिजो संसद् बैठक अवरुद्ध भएको थियो र त्यहाँ प्रमले राजीनामा गर्नुपर्छ भन्ने कुरा उठे पञ्चात भएको खल्बलीमा, राजीनामाको कुरा कल्पना पनि गर्न सकिन्न’, पाण्डेले जवाफ दिए, ‘जे कुरा हो त्यो कुरा प्रधानमन्त्रीले सदनमा राख्ने ।’ सात दलले मिटर ब्याज पीडितहरूलाई न्याय दिन र सुशासनका लागि सरकारले गरिरहेको कामलाई ओझेलमा पार्न गरिएको षडयन्त्र भएको निष्कर्ष निकालेका थिए ।

‘उहाँले के भन्नुभएको भन्ने कुरा संसदमा राख्नु हुन्छ । त्यो एउटा भावनात्मक विषयवस्तु, कहीँ अर्कै प्रसङ्गमा, व्यक्तिगत कुरा त्यो पनि धेरै वर्ष पुरानो कुरा ल्याएर सदन अवरुद्ध र प्रधानमन्त्रीको राजीनामा मागियो त्यो बेठिक भयो’, पाण्डेले भने,‘जे कुरा हो प्रधानमन्त्रीले संसदमा आफ्ना कुरा राख्ने ।’ उनले मिटरव्याजी र सुशासनका लागि सरकारले गरिरहेको काम रोक्न प्रधानमन्त्रीको राजीनामाको विषय एमालेले ल्याएको पनि गठबन्धन दलहरूले निष्कर्ष निकाल्दै सोही अनुसार संसद् र जनता माझ लैजाने निर्णय गरेको छ । उनले वास्तविक कुरा के हो भन्ने नै नआई सदन अवरुद्ध गर्नु असंसदीय क्रियाकलाप भएको जानकारी दिएका छन ।

सम्बन्धित खबर