दोलखाली जनशक्तिहरु किन गर्दै छन बसाई सराई


कृष्ण बुढाथोकी

सोमबार, २२ साउन २०८०, दोलखा । दोलखामा बर्षेनी बसाईसराई गरी जानेको संख्या बढ्दै गएको छ। विगत तीन आर्थिक बर्षमा दोलखा जिल्लावाट ७ सय ८५ घरपरिवार बसाईसराई गरेका छन्।

दोलखाका ९ स्थानीय तह मध्ये सवैभन्दा बढी बसाईसराई भीमेश्वर नगरपालिकामा भएको छ भने सवैभन्दा कम गौरीशंकर गाउँपालिकामा भएको देखिन्छ। २०७७ सालदेखि २०७९ जेठसम्मको अवधिमा आउनेको तुलनामा बसाई सरी जानेको संख्या तीन गुणाले बढ्दै गएको देखिएको छ। बिशेषगरी गाउँमा खेती गरेर जीवन धान्ने अवस्था नरहेको, बेरोजगारी भएका कारण रोजगारीको खोजीमा जाने र गाउँवाट सहरतर्फ बस्ने रहरका कारण जिल्लावाट बसाईसराई गरी जानेहरुको संख्या बर्षेनी बढ्दै गएको हो। दोलखाका गाउँपालिकावाट नगरपालिका र काठमाडौं उपत्यका बसाई सराई गरी जानेको संख्या उल्लेख्य रहेको छ।

बसाईसराईँ गरी जानेहरुले भने गाउँघरमा बसेर जिवीको पार्जन गर्न सक्ने अवस्था नभएकाले बस्ने रहर हुँदाहुँदै पनि छोड्नु पर्ने बाध्यता रहेको गुनासो गरेका छन्। बैदेशिक रोजगारीमा गएकाहरुले सहरमा घर बनाउने र आफु विदेशमा भए पनि छोराछोरीको अध्ययनका लागि गाउँवाट सहरमा बसाई सराई गर्ने गरेका छन्। स्थानीय सरकारसँग भएको तथ्याँक अनुसार गाउँवाट जिल्ला सदरमुकाम चरिकोट, प्रदेश राजधानी हेटौंडा र काठमाडौं उपत्यकाको भक्तपुर, काठमाडौं र ललितपुरमा जानेहरुको संख्या धेरै रहेको छ। स्वास्थ्य र शिक्षाको सुविधा तथा रोजगार र व्यापार व्यवसायका लागि समेत मानिसहरु बसाईसराई गर्ने गरेका छन्।

बिशेषगरी गाउँमा खेती गरेर जीवन धान्ने अवस्था नरहेको, बेरोजगारी भएका कारण रोजगारीको खोजीमा जाने र गाउँवाट सहरतर्फ बस्ने रहरका कारण जिल्लावाट बसाईसराई गरी जानेहरुको संख्या बर्षेनी बढ्दै गएको हो। दोलखाका गाउँपालिकावाट नगरपालिका र काठमाडौं उपत्यका बसाई सराई गरी जानेको संख्या उल्लेख्य रहेको छ। स्थानीय सरकारसँग भएको तथ्याँक अनुसार गाउँवाट जिल्ला सदरमुकाम चरिकोट, प्रदेश राजधानी हेटौंडा र काठमाडौं उपत्यकाको भक्तपुर, काठमाडौं र ललितपुरमा जानेहरुको संख्या धेरै रहेको छ।

दोलखाका ९ वटा स्थानीय तहमध्ये भीमेश्वर नगरपालिकामा तीन बर्षको अवधिमभा १ सय ७६ घरपरिवारले बसाईसराई गरेकोमा १ सय १२ घरपरिवार अन्य स्थानीय तह तथा जिल्लावाट आएका छन् भने ६४ घरपरिवार बसाई सराई गरी गएका छन्। बसाई सराईको यो तथ्याँक जिल्लाकै सवैभन्दा बढी हो। सदरमुकाम चरिकोट भीमेश्वर नगरपालिका भित्र पर्ने भएकाले जिल्लाकै अन्य स्थानीय तहवाट धेरै घरपरिवार बसाईसराई गरी आएका छन्। दोलखाका ९ स्थानीय तहमध्ये गौरीशंकर गाउँपालिकामा सबैभन्दा कम घरपरिवारले बसाईँसराई गरेको देखिएको छ। पालिकामा पछिल्लो दुई बर्षको अवधिमा सबैभन्दा कम अर्थात ७ घरपरिवारले बसाईसराई गरेका छन्। गत आर्थिक बर्ष यो पालिकावाट बसाईसराइ गर्नेको संख्या शुन्य रहेको छ।

तीन बर्षको अवधिमा जिरी नगरपालिकामा १ सय २० घरपरिवारले बसाई सराई गरेका छन्। ती मध्ये ७६ घरपरिवार बसाई सरी गएका छन् भने ४४ घरपरिवार बसाईँ सरी आएको नगरपालिकाको पञ्जिकरण शाखाले जनाएको छ। २०७७ देखि हालसम्मको अवधिमा मेलुङ गाउँपालिकामा १ सय १५ र शैलुङ गाउँपालिकामा १ सय १२ घरपरिवारले बसाइँँसराई गरेका छन्। यो अवधिमा जिल्लाको तामाकोशी गाउँपालिकामा ८३, कालिञ्चोक गाउँपालिकामा ७९, वैतेश्वरमा ६८ र बिगु गाउँपालिकामा २५ घरपरिवारले बसाई सराई गरेका छन्। ती मध्ये तामाकोशी र कालिञ्चोकमा ६७र६७, वैतेश्वरमा ५३ र १९ घरपरिवार अन्यत्र गएका छन्। यस्तै, तामाकोशीमा १६, कालिञ्चोकमा १२ , वैतेश्वरमा १५ र बिगुमा ६ घरपरिवार बसाई सराई गरेर आएका छन्।

जिरी नगरपालिकाका नगर प्रमुख मित्रबहादुर जिरेलले वालवालबालिकालाई पढाउन, व्यापार र व्यवसाय गर्न, आर्थिक मन्दी लगायतका कारण पनि बसाईसराई गर्ने क्रम बढेको जानकारी प्राप्त भएको छ। मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले पनि अवसरको खोजीका कारण बसाईसराई गरेर जाने क्रम बढेकोे जानकारी दिएका थिए।

पालिकाले बसाईसराईलाई नियूनिकरण गर्न विभिन्न खाले दिगो सामाजिकआर्थिक विकासका योजनाहरु बनाउनु जरुरी रहेको छ। जबसम्म आफुले उत्पादन गरेको उपभोग्य बस्तुहरुको बजार व्यवस्थापना गरिदैन तबसम्म बसाईसराई प्रकृया रोकिन छोड्दैन। त्यसकारण मानिसहरुमा शहरमुखी भावना देखिन थालेकाले यसलाई रोक्न चुनौती रहेको उहाँको भनाई छ।

सम्बन्धित खबर