मुलुकभर ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
१२ साउनसम्म नेपालमा कुल धान रोपाइँ हुने भू-भागमध्ये ७७ प्रतिशत भू-भागमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
गत वर्षको यही अवधिमा ९० प्रतिशत भू-भागमा धान रोपाइँ भएकोमा चालुआर्थिक वर्षमा ढिला गरी मनसुन सुरु भएको र मनसुन सुरु भएपनि पर्याप्त वर्ष नहुँदा धान रोपाइँ कम भएको हो ।
मन्त्रालयका अनुसार मुलुकभर कुल १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ। जसमध्ये १२ साउनसम्म १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।
