सोमबार, २९ साउन २०८०, दोलखा । जब कुनै नेताकार्यकर्ता आफ्ना कु कर्मका कारण विविध काण्डमा मुछिदै जान्छन तब उनिहरुको कुनै पनि कु कार्यमा नरहेको स्पष्टिकरणको भण्डार आउछ। देशलाई कानुनको जति नै ट्याग लगाए पनि सर्वसाधारण जनताहरु र गरिब दुखि समुदायहरुलाई त कानुन मरेको देश नै हो।

सुन काण्डमा जोडियका ति महराका बाबु छोराका साथमा गृहमन्त्रि, प्रधामन्त्रि, अर्थमन्त्रि र मन्त्रिहरुका आलोचना संसद भित्रका कयौँ बिपक्ष्य नेताहरुले पटक पटक बोलेका कुरा कहिल्यै सुनुवाई हुन सकेको छैन्।

लाग्दैछ पक्कै पनि सुन काण्डमा साना माछालाई फसाउने र ठुला माछा ५ तारे होटलमा मनोरञ्जनको भागेदारि रहि रहने छन्।

केहि दिन अघि कानुनी तहबाट नै छानविनको दायरामा ल्याई अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल समाजबादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भटट्राईले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टिकरण दिइरहेका छन।

यसै गरि ति गरिबका छोरा जो अहिले १०० किलो सुन प्रकरणमा थुनामा छन् तिनले चाही यस्ता बिचार दिएर उम्किन किन नमिलेको होला।

भनिन्छ, ठुलालाई चयन र सानालाई बेचयनको अबस्था यहिनै हो। ति पिडामा र अन्यायमा परेकाले आफ्ना तर्फबाट न्यायधिबक्ता र मिडियको पहुँच्चबाट जहिले पछि परि रहनु पर्ने, यो कस्तो नियति हो। आखिरमा दुखिको दिन कहिले आउछ।

ठुला नेता बाहिर घुुमफिर गर्न सक्छन, पावरको दुरुपयोग गर्न सक्छन भने आरोपित मात्र रहेका व्यक्तिहरु किन खुल्ला रुपमा हिड्डुल गर्न नपाउने यो कहाँको निति र नैतिकक्ता हो। देशले कानुन सबैलाई एक्कै हो भने पनि व्यवहारमा सबै फरक देखिएकै छ।

ति भाई जो आफ्नो घरबाट भविष्यको खोजिमा शहर तर्फ लम्किए तर आज प्रहरी हिरासतमा छन। के गरिबले शहरमा बाच्न साहै गाह्रो अवस्था श्रृजना भएकै हो त।

ति दिलिप भुजेललाई कसले ललाई फकाई कम्पनी दर्ता गर्न लगायो। त्यहिबाट पुष्टि हुन्छ, अपराधि को हो। पहिलो अनुसन्धान विभागले अनुसन्धान गर्न यहिबाट लाग्नु पर्छ। धेरै समय लाग्दैन अपराधि सामु पुग्न तर यहाँ आनाकानी धेरै छ। यहि आनाकानीले देशलाई अझ भ्रष्ट माफिया र काण्डै काण्डको खाण्डलमा पुर्याइरहेको छ।

यो प्रष्ट हुन आउछ, दिलिप भुजेल जो मुख्य अपराधि नभए पनि अझ कयौँ महिना जेल जिवन बिताउन बाध्य हुने छन्। अनुसन्धान गर्ने त्यहि माकुराको जालो हो जो अहिले विभिन्न बाहानामा अझ कयौँ समय आफना् हातमा सत्तापावरको जालझेलको जालो बुनिरहेका छन्।