आइतबार, ०३ भदौ २०८०, दोलखा । जिल्ला विपद व्यवस्थापन समितिले दोलखाका ६ स्थानको तत्काल भौगर्भिक अध्ययन गरी बस्ती स्थानान्तरण गर्नु पर्ने भन्दै यसका लागि संघ र प्रदेश सरकारमा पत्राचार गरेको छ।
बाढी पहिरोका कारण वर्षेनी ठूलो जनधनको क्षेती व्यहोरेका जिल्लाका विभिन्न ६ स्थानको भौगर्भिक अध्ययन गर्न विज्ञ सहितको टोली माग गर्दै जिल्ला विपद व्यवस्थापन समितिले संघ र प्रदेशमा पत्राचार गरेको हो। विपद व्यवस्थापन समितिका संयोजक एवम् दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार गौरीशंकर गाउँपालिकाका दुई वटा वडाका बस्ती, तामाकोशीका तीन वटा वडाका वस्ती र कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ को रानीवन पहिरोको भौगर्भिक अध्ययन गर्न पत्रमा आग्रह गरिएको छ।
दोलखाको गौरीशंकर गाउँपालिकामा गत साउन १८ गते राती आएको पहिरोले मानविय र भौतिक क्षति भएपछि बसेको विपद व्यवस्थापन समितिको बैठकले जिल्लामा बाढीपहिरोको जोखिममा रहेका बस्तीको अध्ययन गरिदिन संघ र प्रदेश सरकारलाई आग्रह गरेको हो। गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ खारे र वडा नम्बर ७ मार्बुको टोपाटार, भस्मे लगायतका बस्तीहरु स्थानान्तरण गर्न आग्रह गरिएको छ। यो क्षेत्रमा साउन १८ गते राति आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो भने दुई जना अझै वेपत्ता छन्। पहिरोमा परी घाईते भएका तीन जनाको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला विपद व्यवस्थापन समितिले दोलखाका ६ स्थानको तत्काल भौगर्भिक अध्ययन गरी बस्ती स्थानान्तरण गर्नुपर्ने भन्दै यसका लागि संघ र प्रदेश सरकारमा पत्राचार गरेको छ। गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ खारे र वडा नम्बर ७ मार्बुको टोपाटार, भस्मे लगायतका बस्तीहरु स्थानान्तरण गर्न आग्रह गरिएको छ। विपद व्यवस्थापन समितिले तामाकोशी गाउँपालिकाको वडा नम्बर १ भीरकोटको एक्लेबारी, वडा नम्बर २ को पात्ले र वडा नम्बर ५ को कल्लेरीका १ सय ६९ घरपरिवार पहिरोको उच्च जोखिम रहेकाले सो क्षेत्रको तत्काल भौगर्भिक अध्ययन गर्न आग्रह गरेको छ। यस्तै कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङको रानीवन पहिरोको पनि तत्काल भौगर्भिक अध्ययन गरेर बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढाउनु पर्ने भन्दै समितिले संघ र प्रदेश सरकारलाई पत्र पठाएको हो।
पहिरोका कारण खारेमा १३ घरपरिवारका ६९ जना बिस्थापित भएका छन् भने ३४ घर जोखिममा परेका छन्। गाउँपालिकाको वडा नम्बर ८ सल्लेका सम्पूर्ण घरहरु, सिमलडाँडा, सुनटोपाका घरहरु उच्च जोखिममा र तितेगौडामा घरमा बस्न नमिल्ने अवस्था रहेको छ। यस्तै वडा नम्बर ७ मार्बुको टोपाटारका ६ घरपरिवार बिस्थापित र भस्मेका २३ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन्। विपद व्यवस्थापन समितिले तामाकोशी गाउँपालिकाको वडा नम्बर १ भीरकोटको एक्लेबारी, वडा नम्बर २ को पात्ले र वडा नम्बर ५ को कल्लेरीका १ सय ६९ घरपरिवार पहिरोको उच्च जोखिम रहेकाले सो क्षेत्रको तत्काल भौगर्भिक अध्ययन गर्न आग्रह गरेको छ। यस्तै कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङको रानीवन पहिरोको पनि तत्काल भौगर्भिक अध्ययन गरेर बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढाउनु पर्ने भन्दै समितिले संघ र प्रदेश सरकारलाई पत्र पठाएको हो।
विपद व्यवस्थापन समितिका संयोजक एवम् प्रजिअ धमलाले तत्काल बाढीपहिरोको जोखिममा रहेका स्थानीयलाई स्थानान्तरण गर्नु पर्ने अवस्था देखिएकाले संघ र प्रदेश सरकारको सहयोग माग गरिएको बताए। साउन ३१ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार पत्राचार गरिएको उनले जानकारी दिएका छन्।
