मंगलबार, ०५ भदौ २०८०, दोलखा । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आज अपराहन्न राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गरिएको हो। राष्ट्रपति पौडेलले श्रेष्ठलाई हिजो प्रधानन्यायाधीशमा नियुक्त भएका हुन्। नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले हिजो श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरिएको थियो।
हिजो बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको थियो।
© २०८२, अनलाईन बुलेटिन