मंगलबार, १२ भदौ २०८०, दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टीप्ले गौ हत्याको विरोधमा विरोध र्‍याली निकालेको छ।

हिन्दू धर्मालम्बीहरुले लक्ष्मी माताको रुपमा पुज्दै आएको गाईको हत्या गरिएको भन्दै राप्रपाले मंगलबार काठमाडौंम विरोध प्रर्दशन गरेको हो।

नेपालको राष्ट्रिय जनावरको हत्या गर्नु जघन्य अपराध भएको भन्दै घटनामा संलग्नलाई कडा कारवाही गर्न पनि राप्रपाले माग गरेको छ। माइतीघरबाट सुरु भएको विरोध र्‍याली जिल्ला प्रशासन कार्यालय काठमाडौ घेराउ गर्न गएपनि प्रहरीले बीचमै रोकेको थियो। र्‍यालीमा पार्टी महामन्त्री धवलशम्सेर राणासहितका नेताहरुले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई गौ हत्या जस्तोअपराध बन्द गराउन पहल गर्नुका साथै दोषीमाथी कारवाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन्।

सुनसरीको धरानमा केही दिनअघि भएको गौहत्याको अहिले चौतर्फी विरोध भइरहेको छ।