संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायलाई नेपाली कांग्रेसको पत्राचार


कृष्ण बुढाथोकी

आइतबार, ३१ भदौ २०८०, दोलखा। नेपाली कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायलाई पत्राचार गरेको छ।

कांग्रेसले असोज २ गते पार्टीका सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको २६औं स्मृति दिवस र ३ असोजमा संविधान दिवन मनाउन मातहतका निकायलाई परिपत्र गरेको हो।

पार्टीको साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमितिले पार्टीको एक वर्षे कार्यतालिका पास गरेको थियो। सो कार्यतालिकामा उल्लेख भए बमोजिम कार्यक्रम सम्पन्न गर्न तल्ला तहलाई परिपत्र गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

संविधान दिवसका सन्दर्भमा स्थानीय तह स्तरीय कार्यसमितिले संगीत, कला, साहित्यिक सहितको विविधयायुक्त सांस्कृतिक कार्यक्रम वा शिक्षण संस्थामा प्रजातन्त्र र संविधान विषयमा प्रवचन वा वक्तृत्वकला आयोजना गर्न कांग्रेसले परिपत्र गरेको छ।

सम्बन्धित खबर