मङ्गलबार, ०८ असोज २०८१, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का समय सीमा कटेका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिने अवसर पाउने भएका छन्। त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष डा। खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले वार्षिक प्रणाली अन्तर्गत २०५८ साल यता र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ साल यताका विद्यार्थीहरूलाई मौका परीक्षा दिने निर्णय गरेको हो।

यस निर्णयअनुसार त्रिवि अन्तर्गत मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय, र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विद्यार्थीहरू मौका परीक्षामा सहभागी हुन पाउनेछन्।

साथै, बैठकले त्रिविबाट सञ्चालित कुनै पनि परीक्षामा एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरेमा विद्यार्थीको परीक्षा रद्द गरिने निर्णय पनि गरेको छ।