मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ।

बाढीले क्षतिग्रस्त हेडवर्क्समा उपकरण आदि राख्नका लागि आयोजनाले गत जेठ ६ गतेदेखि पानी पथान्तरण रोकेको थियो।

हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाले बताएको छ।

२०७८ असार १ र साउन १६ गते भ्रेमाथाङबाट उत्पत्ति भएको भेलबाढीले मेलम्चीको बाँध क्षेत्र लगायत संरचना(हेडवर्क्स) तहसनहस बनाएको थियो।

सरकारले दुई वर्षदेखि अस्थायी तवरले काठमाडौंमा पानी पथान्तरण गररिहेको छ।