
पछिल्लो समय नेपालीहरू घुम्नकै लागि विभिन्न मुलुक पुगिरहेका छन्। यसबाट ठुलो रकम बाहिरिने गरेको छ।
चालु आर्थिक वर्षको १० महिनामा नेपालमा घुम्न आउने पर्यटकहरूले गर्ने खर्चभन्दा दोब्बर विदेश जाने नेपालीहरुले खर्च गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
१० महिनामा नेपालमा आउने पर्यटकहरुबाट ५१ अर्ब ८७ करोड रुपैयाँ नेपाल भित्रिएको छ। सोही अवधिमा विदेश जाने नेपालीहरूबाट १ खर्ब २ अर्ब रुपैयाँ बाहिरिएको छ।
त्यस्तै, गत आर्थिक वर्ष नेपाल भित्रिएका पर्यटकहरुबाट सरकारले ३२ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो।
सोही आवमा विदेश गएका नेपालीहरुले भने ९७ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेका थिए । अर्थात नेपालबाट ९७ अर्ब ३२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश जाने नेपालीहरुले लगेका छन्।
