श्री एयरलाइन्सले आइतबार सबै उडान स्थगित गरेको बताएको छ।
शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्रीलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएको थियो।
यससँगै एयरलाइन्सले आइतबार सबै जहाज ग्राउन्डेड गरिएको जानकारी दिएको हो।
सोमबारसम्म सबै प्राविधिक जाँच गरेपछि नियमित उडान हुने एयरलाइन्सले बताएको छ।
शनिबार काठमाडौंबाट धनगढीतर्फ उडान भरेको जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्किएको थियो।
काठमाडौंबाट ३ः३० बजे उडेको जहाजमा प्राविधिक समस्या देखिएका कारण धनगढीमा अवतरण हुन नसकेपछि डेढ घण्टामा पुनः काठमाडौं नै फर्किएको थियो।
