विहीबार, २८ असार २०८०
दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सदस्यता अब अनलाइन मार्फत नै लिन सकिने भएको छ।
राप्रपाको साधारण तथा सक्रिय सदस्य बन्न र आर्थिक सहयोग अनलाइनको व्यवस्था गरिएको र इच्छुकले फोन मार्फत नै सदस्य बन्न सक्ने प्रवक्ता मोहन श्रेष्ठले बताए।

सदस्यता फारामका लागि राप्रपाको वेबसाइटमा गएर आवश्यक विवरण भएसँगै सहजै सदस्यता लिन सकिने उनको भनाइ छ।

राप्रपाले एक वर्ष भित्र पार्टीको सदस्य संख्या २ लाख पुर्‍याउने लक्ष्य लिएको छ।