नेपाली बजारमा सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलामा ९४ हजार ८ सय रुपैयाँ तोकेको छ।

यो मूल्य गत वर्ष पुसयताकै सबैभन्दा उच्च हो। सोमबारको कारोबार मूल्यभन्दा प्रतितोला सुनको मूल्य ५ सय रुपैयाँले महँगो भएको महासंघले जनाएको छ। गत पुस २४ गते प्रतितोला सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ थियो।

मंगलबार तेजावी सुनको मूल्य ९४ हजार तीन सय रुपैयाँ कायम भएको महासंघले जनताएको छ। सोमबार तेजावी सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको प्रतितोला मूल्य मंगलबार १,२९० रुपैयाँ पुगेको छ। जुन सोमबारको भन्दा १० रुपैयाँले महँगो हो।