सोमबार, २९ साउन २०८०, दोलखा । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपालको पहाडी भू भागको नजिक अवस्थित रहेको छ। यसका साथै बंगालको खाडी बाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ।
सोमबार बिहान देशभर सामान्य देखि पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै, आज सोमबार राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
