मंगलबार अमेरिकी डलर, युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउमा सामान्य बढोत्तरी देखिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.१० रुपैयाँ र बिक्री दर १३२.७० रुपैयाँ कायम भएको छ। सोमबार १ अमेरिकी डलरको खरिद दर १३२.०५ रुपैयाँ र बिक्री दर १३२.६५ रुपैयाँ कायम थियो।

युरोपियन युरोको भाउ पनि थौरै बढेको छ। आज १ युरोपियन युरोको खरिद दर १४२.७२ रुपैयाँ तय हुँदा बिक्री दर १४३.३७ रुपैयाँ रहेको छ। सोमबार १ युरोको खरिद दर १४२.२८ रुपैयाँ र बिक्री दर १४२.९३ रुपैयाँ थियो।

पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६६.८८ रुपैयाँ र बिक्री दर १६७.६३ रुपैयाँ रहेको छ। सोमबार १ पाउण्ड स्टर्लिङको खरिद १६६.२५ रुपैयाँ र बिक्री दर १६७.०१ रुपैयाँ थियो।