बुधबार, १७ असोज २०८०, दोलखा। नेपाल पञ्चांग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको छ।
समितिले यस वर्षको दशैँको टीकाको साइत सार्वजनिक गरेको हो। समितिका अनुसार टीकाको साइत कार्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ। यस्तै दशैँको सुरुवात असोज २८ गते आइतबार हुनेछ। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधति योग परेकाले दुवैको शान्ति गरेर घटनास्थना गर्नु शास्त्रसम्मत हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए।
यस्तै कार्तिक ७ गते विजया दशमीका दिन बिहान १० बजे देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ। देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न सकिने भएको छ।
