दोलखाको जिरी नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा कांग्रेसका नरबहादुर जिरेल विजयी भएका छन् ।
उनी नेकपा एमालेका ङिमा शाङ्गे शेर्पा र नेकपा एकीकृत समाजवादीका नुर्पादावा शेर्पालाई पछि पार्दै वडाध्यक्षमा विजयी भएका हुन् । जिरेलसँगै वडा नम्बर ५ मा उनको पुरै टिम विजयी भएका छन् । जिरी ५ मा कांग्रेसको वडाध्यक्षदेखि महिला सदस्य, दलित सदस्य र खुल्ला सदस्यसहितको जित भएको हो । यो संगै जिरीमा कांग्रेसले दुई वडामा बिजय हासिल गरेको छ ।

