दोलखाको मेलुङ गाउँपालिका वडा नं.-३ मा वडाध्यक्षमा नेकपा एमालेका बसन्त लामा विजयी भएका छन् । अध्यक्षमा निर्वाचित लामाले ९१२(६६.९४%मत) ल्याएका छन्। लामा संगसंगै उनको प्यानलनै २/३ मतले विजयी भएको छ। प्यानलका खुल्ला सदस्य (राजु कार्की (६०४) , कमल लकान्द्री(५९८) ) महिला सदस्य राम्मै लामा (७३३) र दलित महिला सदस्य निर्मला विश्वकर्माले (६४१) मत ल्याएका छन्।
लामाका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका केशव वहादुर कार्कीले १७३ मत ल्याउदा कांग्रेसका दिर्धलाल लामाले ११० मा चित्त बुझाउनुपरेको छ।
यसैबीच वडा अध्यक्षमा निर्वाचित लामा Burger House And Crunchy Fried Chicken को CEO हुन।
© 2025, Online Bulletin