
बुधबार नेप्से परिसूचक १६.४९ अंकले बढेको छ।
यस दिन नेप्से ०.८५ प्रतिशतले बढेर १९५९.१२ बिन्दुमा पुगेको छ।
नेप्से परिसूचक बढेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँमा सीमित भएको छ।
यस दिन २७० वटा धितोपत्रको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच भएको हो।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, जलविद्युत र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक बढेको छ। उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशतले बढेको छ।
