रास्वपा सांसद सोबिता गौतमले गरिन् ‍बिहे


अनलाईन बुलेटिन संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले बिहे गरेकी छन्।

सोबिताले गृहेन्द्र घिमिरेसँग बिहे गरेकी हुन्। गृहेन्द्र माओवादीका पार्टी सदस्य हुन्।

सोबिता गत मंसिरमा भएको चुनावमा काठमाडौं- २ बाट सांसद चुनिएकी हुन्।

दोलखाको तामाकोशी गाउँपालिकामा जन्मेकी सोबिता पहिले नेपाल टेलिभिजनमा पत्रकारिता गर्थिन्। त्यहाँ उनले स्वास्थ्य सरोकार भन्ने कार्यक्रम चलाउँथिन्। नेपाल टेलिभिजनपछि उनी एसडिजी टिभीमा खानपानसम्बन्धी कार्यक्रम सञ्चालन गर्थिन्।

कानुनकी विद्यार्थी समेत रहेकी २८ वर्षीया सोबिताले चुनावमा आफ्ना प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी थिइन्।

सम्बन्धित खबर