बा! म हराएँ …


सिर्जना बस्नेत

बा!
म यतै कतै हराएँ,
थोरै यी प्रकृतिसँग
थोरै जीवनका संघर्षहरूसँग
खै के सोचेर टोलाईरहेथे
त्यतिबेलै म आफु आफैँमा हराएँ
हो बा, म आफु आफैमा हराएँ..


सिरीरी चलेका हावाहरूले
जब मेरो हृदयमा स्पर्श गर्यो
साच्चै म हावासँगै हराएँ
हो बा, म यी सिरसिरे हावासँगै हराएँ…


यो मन अशान्त भइरहेका बेला
जब चराको चिरबिर चिरबिर आवाज सुने
जब तप तप पानीका थोपाहरूको आवाज सुने
मैले आफैँलाई बिर्सिए
ती आवाजहरूबिच हराएँ..


संघर्ष बाबवजुद जब
आफु हारेको पाएँ
म त केबल प्रयासहरूमै हराएँ
म ति हारलाई जितमा बदल्ने क्रममै हराएँ
हो बा, म संघर्षका पाइला पाइलामा हराएँ..


जब सबैतिरबाट आफुलाई हारेको पाएँ
अब जिवन नै सकियो सोचिरहेथेँ
तर एक्कासि मैले हजुरको सपनालाई सम्झे
अनि म ति सपनालाइ साकार पार्नलाई हराएँ
हो बा, म हजुरका सपनाहरूबीच हराएँ..


राम्रो बन्ने प्रयासमा
मैले आफुबाट आफ्नोपन गुमाएँ
आफुलाई आफैँजस्तो बनाउनु पर्ने रहेछ
तर म त अरुजस्तै बन्ने होडबाजीमा हराएँ
हो बा, म राम्रो बन्ने होडबाजीमा हराएँ..


हो बा म हराएँ,
आफु आफैमा हराएँ
यी सिरसिरे हावासँगै हराएँ
ती आवाजहरूबिच हराएँ
संघर्षका पाइला पाइलामा हराएँ
हजुरका सपनाहरूबीच हराएँ
राम्रो बन्ने होडबाजीमा हराएँ..

सम्बन्धित खबर