सोमबार, २९ साउन २०८०, दोलखा । सरकारको अनुचित अडानका कारण संसद बैठक चल्न नसकेको प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएको छ।
एमालेका सचेतक महेश बर्तौलाले आफ्नो पार्टीले संसदमा उठाएको मागलाई सम्बोधन नगरी सरकारले जबरजस्ती अनुचित अडान लिएका कारण संसद बैठक चल्न नसकेको बताए।
सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै बर्तौलाले सुन तस्करीको जालोलाई अन्त्य गर्ने गरी आफ्नो पार्टी उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दा सरकारले बेवास्ता गरेका कारण संसद बैठक चल्न नसकेको र एमाले संसदमा कुनै पनि गतिरोध उत्पन्न नहोस् भन्ने मान्यतामा दृढ रहेको बताए।
सचेतक बर्तौलाले एमालेले सदन सुचारु गराउन सभामुख देवराज घिमिरेको पनि ध्यानाकर्षण गराइरहेको बताएका छन।
