बारामा तीर्थयात्री बोकेको बस दुर्घटना, सात जनाको मृत्यु


कृष्ण बुढाथोकी

विहीबार, ०७ भदौ २०८०, दोलखा । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाईमा बस दुर्घटना हुँदा ६ भारतीय नागरिक र एकजना नेपालीसहित ७ जनाको मृत्यु भएको हो। काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश०३–००१ ख ७९९४ नम्बरको बस बिहान करिब १ बजे दुर्घटना भएको थियो। चालकसहित २७ यात्रु सवार सो बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका थिए। उनका अनुसार उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना पछि बसका चालक भने फरार रहेका छन्।

सम्बन्धित खबर