आइतबार, ३१ भदौ २०८०, दोलखा। भरतपुर चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगर टोलका ४४ वर्षीय फगुना महतो रहेका छन्।

हिजो शनिबार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका थिए।

उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुन सक्ने आकलन गरेका छन्।