क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै


कृष्ण बुढाथोकी

आइतबार, ०७ असोज २०८०, दोलखा। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ।

जिल्ला अदालत काठमाडौंमा सुनुवाइका लागि आइतबार सो मुद्दाको पेसी तोकिएको हो। गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दाको सुनुवाइ आइतबारका लागि सारिएको हो।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेसीमा चढिसकेको छ।

यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेको बताइएको छ।

सम्बन्धित खबर