हो के हो खैला बैला चलेकै हो
देखियो फर्सी रुखमा फलेकै हो

अनि लहरा सुके पछि रुखमा
झर्‍यो फर्सी आगो बलेकै हो

राँको लगाउने को त दोष हो नि
देखाउनेले त राँको छलेकै हो

टुप्पो देखि फल्नु भनेको मिल्यो
तर बिज त जमिनमा दलेकै हो

✍️ : इलामेलीटीकाराम दुलाल