भदौ १५, दोलखा । जथाभावी पार्किङ गरिएका चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीलाई जरिवाना तिराउन र पाङ्ग्रा (ह्विल) लक गर्न थालिएको ललितपुर नगर प्रहरी प्रमुख हाछेथुले जानकारी दिए।
नगर प्रहरी र ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा उक्त कार्यक्रम शुरु गरिएको हो । पैदलयात्रीलाई हिँड्न असहज हुने ढंगले जथाभावी पार्किङ गरिएकाले यो कदम चालिएको बताइएको छ।
‘हामीले ललितपुरमा पर्याप्त पार्किङ क्षेत्र छुट्टाएका छौं। जथाभावी पार्किङ गर्नेक्रममा केही कमि आएको छ। आगामी दिनमा सबै नागरिक सचेत हुनेछन्,’ उनले भने, ‘कारबाही र जरीवाना हाम्रो उद्देश्य होइन। हामी त स्वच्छ र स्वस्थ्य सहरको परिकल्पनामा लागेका छौं।’
ललितपुर महानगरले बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृति लिएका व्यापारिक भवनहरूको अनुगमन भइरहेको र मापदण्ड विपरित अन्य ब्यापारिक प्रयोजनका लागि बनाइएका संरचना हटाइने जानकारी दिए।
महानगरले असार ६ गते नै जमिन तला, बेसमेन्टलाई गाडी पार्किङकै रूपमा सञ्चालन गर्न सूचना जारी गरिसकेको भन्दै प्रमुख महर्जनले हालसम्म प्रयोजनबमोजिमकै संरचना भेटेका र अनुगमनका क्रममा प्रयोजनविपरीत प्रयोग गरेको पाइए कारबाही गर्ने बताए।

ललितपुरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले ललितपुरलाई ट्राफिक व्यवस्थापनमा चुस्त दुरूस्त राख्न आफूहरूले काम गरिरहेको बताए। उनले भूमिगत पार्किङ भएका भवनको निगरानी गरिरहेको र नियम विपरित संरचना बनाएको पाइएमा कारबाही गर्नेसमेत बताए।
‘६ असारमै हामीले ट्राफिक व्यवस्थापनबारे मेयरसाबले २१ बुँदे कार्ययोजना सार्वजनिक गर्नुभएको थियो, त्यसको १५ नम्बर बुँदामा हामीले सपिङ मल र व्यवसायिक भवनमा रहेका पार्किङ प्रयोजन अनुसार छ क छैन भनेर अनगुगन गर्ने योजना बनाएका थियौं,’ कुरा गर्दै ललितपुर महानगरका प्रहरी प्रमुख सिताराम हाछेथुले भने,’ त्यसअनुसार हामीले पार्किङको सहज व्यवस्थापनका लागि अनुगमन गरेर काम गरिरहेका छौं।’
थापाथली पुलदेखि कानदेवतास्थानसम्म दुर्घटना हुनसक्ने गरी राखिएको सिमेन्टको ब्लक हटाएर प्लाष्टिकको डिभाइडर राख्ने निर्णय महानगरले कार्यान्वयन गरिसकेको छ।
