दोलखाको जिरी नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका आङ पासाङ शेर्पा ‘कर्साङ’ विजयी भएका छन्। अध्यक्षमा निर्वाचित कांग्रेसका शेर्पाले ४ सय ४६ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रका सांगे शेर्पाले ३ सय २५ र नेकपा एमालेका सूर्य बहादुर बस्नेतले १ सय ४७ मत ल्याएका छन्।नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य जिप छिरिङ लामाको वडा समेत रहेको जिरी १ मा कांग्रेसको पूरै प्यानल विजयी भएको हो।
दोलखाको जिरी नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका ‘कर्साङ’ विजयी
