कुनै अध्यारो कुनामा स्थायी घर भैई,
हाल शहरको उँज्यालोमा बस्ने अन्दाजी २७-२८ बर्ष को पुरुष केही महिना यता शहरको आफ्नै कोठा भित्र हराई हरेको छ,
उज्यालो भबिस्य खोज्ने बाटो भुलेर हो या, हात समाई बाटो देखाई दिने कोहि नभएर हो, उ बस्ने कोठाको ढोका बन्द भएको महिनौं भन्दा बढी भैइ सक्यो !
बढेको मैलो र कैलो कपाल,
महिनौं नमिलाईएको दारी ,
काट्न बिर्सिएका हातका नङ ,
उचाइ पुरा गर्नु पर्ने बाध्यता झैँ उच्च,
फाट्न लागेको पुरानो Goldstar जुत्ता,
खाली तर सपना र उत्तरदायित्वले भरिएको कालो झोला,
केही थान रहर,
केही थान इच्छा ,
केही थान खुशी ,
केही थान दु:ख,
केही थान असफलता र
केही थान ठूलो मान्छे बन्ने सपना बोकेर हराएको उ ,
कसैले भेट्नु र देख्नु भयो भने,
नजिकैको भरोसा केन्द्रमा बुझाई दिनु होला,
उस्लाई सुनाई दिनु..
भरोसा राख्ने हरुनै , यो स्वार्थी शहरमा अगाडि देखा पर्ने
गर्छन् !
उस्लाई सुनाई दिनु..
आँट र साहस बटुल्दै अघि बड्ने हरुनै
यो दुनियाँमा अग्रपंक्तिको रेखा तिर देखा पर्ने छन,
उस्लाई सुनाई दिनु..
आकाश छुने सपना देख्ने हरु
बन्द कोठामा कैद भैइ बस्दैनन भनी,
उस्लाई सुनाई दिनु..
एउटै सानो कोठामा किचेन र्याक, खुट्टे खाट,
सकिन लागेको ग्यासको सिलिन्डर ,
पानी भर्ने केहि निला जार,
यत्रतत्र छरिएका प्रमाणपत्र किताब ,
भित्तामा अड्याइएका पुराना कपडा हरुले नै
राम्रो घर मात्र हैन,
आलिसान महल बनाउने कठोर सपना देखाउछन भनी ,
उस्लाई सम्झाई दिनु..
आफैमा हराउनु भनेको ,
एक दिन असफल भैइ नासिनु हो भनी,
उस्लाई सम्झाई दिनु ..
उस्को नाम,
उस्को थर,
उस्को शिरमा आएको परिवार प्रतिको कर्तव्य ,
उस्ले बिराएका बाटो हरु,
बिर्साई दिनु अतित ,
सम्झाई दिनु अतित ले सिकाएका पाठ हरु,
देखाई दिनु बाटोहरु,

स्रोत: रबिन सापकोटा फेसबुक