न कसैलाई भन्न सकेँ
न कसैलाई सुनाउन सकेँ
मनमा गुम्सिएका भावनाहरू केबल मनमै राखिरहेँ।

दुखेको त मन थियो तर
यी आखाँबाट आँशु झरिरहे
शब्दहरू निस्केनन् यी ओठबाट
केबल आँशुका ढिक्का खसिरहे।

अनेक पिडाहरूले पिरोलिएको यो मन
एकातिर भविष्यको चिन्ता
सफलता खोजिरहेका लाखौँ सपना
खोइ किन अन्योलमै परिरहे।

उमेर नै यही होला सायद
न अगाडी बढ्न सकिन्छ
न त पछी हट्न नै
मनको पिडा लुकाउन हासोँ त देखाइन्छ
तर सकिन्न आखाँको भाव लुकाउन।

लाखौँ सपनाहरूको आफैँ मलामी भएँ
पुरा गर्न त धेरै प्रयास गरेँ जिन्दगीमा
खोइ कहाँ निर पुगेपछि सबै सपना सहिद भए।

बन्द कोठाभित्र अध्यारो कुनाभित्र
मैनबत्तिको उज्यालोमा खुशी खोजिरहेछु
गुम्सिएको भावना पोख्ने साथी बनेका छन् आकाशका ताराहरू
पिलपिल आसु झार्दै मनको व्यथा सुनाइरहेछु।

कसैलाई बुझाउँनै सकिनाँ मनका भावनाहरू
मनमै गुम्सिएर पाकिरहेछ
नसकेर सम्हाल्न मनका अनेक तरङ्गहरू
आज विवश र लाचार झै थाकिरहेछ।

मन र दिमागको सोचाईलाई कसले रोक्न सक्यो र खोइ
आफुले त आफैलाई बुझ्न सकिन
अरू कसले बुझिदियोस मलाई।

त्यसैले बताउन सक्दिनाँ कसैलाई
गुम्सिएका भावना मनमै छन्
हो, मनमै अडिएका छन
साच्चै मनभरी गढिएर बसेका छन्।