शुक्रबार, ०८ भदौ २०८०, दोलखा । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको जानकारी दिए।
हिजो बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोईरालाले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भूटानी शरणार्थी लगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाण दिने बताए।
नेपालमा एकपछि अर्को अपराधको घटना आउन थालेको र अपराधको घटनामा विदेशी नागरिक समेत देखिनुले अन्तर्राष्ट्रिय तस्करहरुको अखडा बन्दै गएको आफूले बुझेको बताए। अहिले देखिएका घटनाहरुले विश्वस्तरमा नेपालको साख गिर्दै गएको बताए। अपराध र भ्रष्टाचार रोक्न नेपाली काँग्रेसले राजनीतिक रुपमा अग्रसरता लिएर अघि बढ्नु पर्ने बताए थिए।
नेता कोईरालाले राजनीतिक रुपमा अग्रसरता लिएर अघि बढ्ने काम काँग्रेस बाहेक अरुले गर्न नसक्ने बताएका छन्।
