सोमबार, २५ भदौ २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न चीन भ्रमणबारे परराष्ट्रका जानकारहरुसँग छलफल गरेका छन्।

सिंहदरवारमा आइतबार बेलुका प्रधानमन्त्री प्रचण्डले पूर्वराजदुत, पूर्व परराष्ट्रसचिव र परराष्ट्र बिज्ञ लगायतसँग छलफल गरेका हुन्। यसअघि प्रचण्डले आइतबार पूर्व प्रधानमन्त्रीहरुसँग पनि आफ्नो चीन भ्रमणबारे छलफल गर्नुका साथै सुझाव समेत मागेका थिए।

प्रधानमन्त्री प्रचण्ड आगामी भदौ ३० गते अमेरिका हुँदै चीन भ्रमणमा जाँदैछन्।