बुधबार, १० असोज २०८०, दोलखा। नेकपा एमालेको बागमती प्रदेश कमिटीको नेतृत्वमा सहमती नजुटेपछी बुधबारबाट निर्वाचन प्रक्रिया सुरू हुने भएको छ।

निर्वाचनका लागि उम्मेदवारी दर्ता बुधबारबाट सुरू हुने भएको हो। एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता बुधबार र निर्वाचन बिहीबार हुने जनाएको छ।

उम्मेदवारी दर्ता बुधबार बिहान ८ बजेदेखि सुरु हुनेछ। बिहान ८ बजे मतदाता नामावली प्रकाशन, ९ बजे अन्तिम नामावली प्रकाशन र त्यसपछी उम्मेदवारी दर्ता हुनेछ। यस्तै, दिउँसो ४ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ।

मतदान बिहीबार बिहानबाट पार्टी मुख्यालय च्यासलमा हुनेछ। यसअघि मंगलबारको बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले पेश गरिएको प्रतिवेदनमाथि छलफल भएको थियो।