बुधबार, १७ असोज २०८०, दोलखा। नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका सभामुख मिल्टन डिकले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन्।
भेटमा संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ।
भेटमा अष्ट्रेलियाका सभामुख डिकले दुई मुलुकबीच जनस्तरमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै आफ्नो मुलुक नेपालसँग विकास साझेदारी र जलवायु परिवर्तन विरुद्धको अभियानमा साथमै रहने बताएका छन्।
