बाग्लुङको बुर्तिबाङ्ग बाट बुटवलको जाँदै गरेको बस पाल्पाको रिब्दिकोट दुर्घटना


Dipu

  बाग्लुङको बुर्तिबाङ्ग बाट रुपन्देही  बुटवलको लागि हिडेको बस पाल्पाको रिब्दिकोट गाउँपालिका वार्ड न २ लघुवामा अघि भर्खर दुर्घट्ना भएको छ । 

बाग्लुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाका अनुसार बसमा सवार २२ जना मध्य ६ जनाको घटनास्थलमै मृत्यु भएको र ११ जना घाइते भएको जानकारी प्राप्त भएको छ । उक्त ठाउँ नजिक यसअघि मलामी सवार बस दुर्घटना भएको थियो । बस सडकबाट करिब ३/४ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको छ । अझै पुर्ण विविरण आउन भने बाकी नै छ ….

सम्बन्धित खबर