साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन करिब २२ अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन बजार घटेसँगै नेप्से परिसूचक २००० विन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक करिब साढे २ महिनापछि २००० विन्दुभन्दा तल बन्द भएको हो। यस अघि नेप्से परिसूचक गत जेठ २९ गते २००० विन्दुभन्दा तल बन्द भएको थियो।
सोमबार नेप्से परिसूचक १२.९३ अंक घटेर १९९८.२८ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ।
यस दिन २७२ स्टकको ३९ हजार ४२५ पटकको कारोबारमा १ अर्ब ४० करोड ८९ लाख रुपैयाँ बराबरको ४१ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यो लेख उपयोगी लाग्यो?
यदि तपाईंलाई यो सामग्री मूल्यवान लाग्यो भने, कृपया आफ्ना साथीभाइ
र परिवारसँग साझा गर्नुहोस्। तपाईंको एक सेयरले हामीलाई अझ राम्रो सामग्री सिर्जना गर्न
हौसला दिनेछ।