मंगलबार, १२ बैशाख २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिका पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ ।
मंगलवार महानगरपालिकाले काठमाडौँको भ्यु टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको प्रहरी बिट हटाएको हो । महानगरपालिकाले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो ।
पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ ।
