– अनलाईन बुलेटिन
६ चैत, काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना आज देखि खुलाइएको छ । आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन खुला गरेको हो ।
देशका सबै जिल्ला प्रहरी कार्यालयले म्यादी भर्नाका लागि सूचना जारी गरी तोकिएको कोटाअनुसार आवेदन आह्वान गरेका हुन् । देशभरका जिल्लामा ४० दिने म्यादी प्रहरी भर्नाका लागि कोटाअनुसार आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन दिन सक्ने जनाइएको छ ।
© 2025, Online Bulletin